प्रधानमन्त्री विरुद्ध नेकपाकै सांसद तथा नेताहरु बिरोधमा

  • पुस ५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपाका सांसद तथा नेताहरु नै यतिवेला प्रधानमन्त्री केपीशर्मा ओलीको बिरोधमा बोल्न थालेका छन् । उनिहरु प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गर्नुलाई ज्यादै अदूरदर्शी र आत्मघाती कदम भएको टिप्पणी गर्न थालेका हुन् । कतिपयले सामाजीक संजालमा प्रधानमन्त्रीको प्रस्ताव बिरुद्ध लेख्न थालेका छन् भने कतिपयले संचार माध्यममै बोल्न थालेका छन् । उनिहरु नेपालको कम्युनिष्ट आन्दोलन, नेकपा र प्रधानमन्त्री ओलीले गम्भीर मूल्य चुकाउनुपर्ने दुर्भाग्य सिर्जना भएको टिप्पणी गर्न लथालेका हुन्सद नेकपाका सांसद सुरेन्द्र पाण्डे सामाजीक संजालमा लेख्छन्, ‘आजै विहान १० वजे को मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटन गर्ने निर्णय गर्यो। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको यो निर्णय ज्यादै अदूरदर्शी र आत्मघाती कदम हो। यसले नेपालको कम्युनिष्ट आन्दोलन, नेपाल कम्युनिष्ट पार्टी र स्वयं ओली जीले यसको गम्भीर मुल्य चुकाउनु पर्ने दुर्भाग्यपूर्ण स्थिति एकाएक सिर्जना भयो,’ ।surendra

त्यस्तै नेकपाका अर्का सांसद गोकर्ण विष्ट लेख्छन्, ‘प्रधानमन्त्रीको संसद विघटनको सिफारिस गत निर्वाचनमा व्यक्त जनमत र संविधानविपरीत छ । संविधानको संरक्षकको नाताले उक्त कदम सच्याउन राष्ट्रपतिज्यूबाट भूमिका निर्वाह हुनेछ भन्ने अपेक्षा राख्दछु ।’

gokarna


यस्तै नेकपाकै नेता तथा पूर्व मन्त्री उर्वादत्त पन्त लेख्छन् , नेपाली जनताले कम्युनिस्ट पार्टी लाई पहिलोपल्ट दुईतिहाई मत दिएको आजकै दिन देख्नको लागि हो ? प्रधानमन्त्री केपी ओलीले देश , जनता, कुर्सी वा पद केको लागि यो कदम चाले रु संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र अप्रजातान्त्रिक कदम साबित हुनेछ ,इतिहासले कसैलाई माफ गर्ने छैन । जुन ब्यक्तिले राजनिति हैन केवल राजनितिको आबरणमा अपराधिकरण मात्र गर्यो त्यस्तो ब्यक्तिलाई नेकपाले दुईतिहाईको नेतृत्व सुम्पनु नै आजको घटनाको बिजारोपण थियो । अविवेकि , सन्की तथा संघीयता संसद बिघटनको सिफारिस असंबैधानिक कदम हो। यो संघिय लोकतान्त्रिक गणतन्त्र ब्यबस्थाबिरोधिको हातमा सत्ताको चाबी हस्तान्तरण गर्नुको परिणाम नै यो सिफारिस हो ! ओली र बिध्याले पदको दुरुपयोग गरेर देशलाई थप अनिश्चितता र सम्भावित दूर्घटनातिर धकेलेका छन्। दल टुटफुट र राजनीतिक वेइमानीको नयाँ श्रृखला र थप राजनीतिक अस्थिरतातिर देश प्रवेश गरेको छ। प्रधानमन्त्रीको यो संबिधान बिरोधि हर्कतको चौतर्फी फण्डाफोर गरौं ।

uuu

यता नेकपाकै नेता लक्ष्मणदत्त जोशीले पनि केपी ओलीको कदम प्रति असन्तुष्टि जनाउदै लेखेका छन् , केपी ओलीको संबिधान लोकतन्त्र र गणतन्त्र बिरोधि कदमको सबैले विरोध गरौ ।
laxman

नेकपाका युवा नेता ठाकुर गैरैले पनि प्रधानमन्त्रीको यो कदमलाई दुर्भाग्य भएको भन्दै फेसबुकमा लेखेका छन् संसद विघटन,दुर्भाग्यपूर्ण हुनेछ।

thakur

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved