हिन्दु राज्य र राजसंस्थाको पुनः स्थापना अहिलेको आवश्यकता-राप्रपा

  • पुस ६, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले संसद बिघटनको कदमबिरुद्ध जनता माझ गएर संघर्ष गर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै उनले कम्युनिष्टले जनतामाथि कुठाराघात गरेको भन्दै राप्रपाले संविधान विरोधी सरकारको कदमको प्रतिरोध गर्ने बताएका हुन्। उनले संसद विघटन गरेर संविधानको मर्म विपरित प्रधानमन्त्री ओलीले कदम चालेपनि यसबाट आफ्नो पार्टीले अघिल्लो निर्वाचनबाट गुमाएको हैसियत फिर्ता गर्ने अवसरको रुपमा परिणत गर्न कार्यकर्तालाई निर्देशन दिएको पार्टीका युवा नेता तथा पार्टी केन्दीय सदस्य राजाराम श्रेष्ठले जानकारी दिए ।132004961_3904590286271652_3651180310187966465_n

बैठकमा समसामयीक विषयमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पशुपति शम्शेर जबराले नम्बर वान भ्रष्ट देशको तक्मा पाइरहँदा होली वाइन खाने बेला सुशासनको तक्मा पाएको भन्दै सरकारको कटाक्ष गरेका थिए। राष्ट्रपतिको भुमिका अभिभावकत्वग्रहण गर्न योग्य नभएको भन्दै राणले हिन्दु राज्य र राजसंस्थाको पुनः स्थापना अहिलेको आवश्यकता भएको बताए ।132040166_3904590402938307_6491172566091822184_n
बैठकमा अर्का अध्यक्ष डा.प्रकाश चन्द्र लोहनीले पार्टीको मिसन र एजेण्डाहरुको विषयमा प्रतिवदेन प्रस्तुत गरेका थिए । मंगलबारसम्म चल्ने बैठमा पार्टीको सक्रिय सदस्यता वितरण निर्देशिका छलफलका साथै पार्टी महाधिवेसनको विषयमा समेत छलफल हुने नेता राजाराम श्रेष्ठको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved