इटहरी २ मा रहेको इपि ल्याण्ड एण्ड वाटर पार्क उद्घाटन

  • फागुन १९, २०७७
  • कालापानी मिडिया
alt

इटहरी । निजी क्षेत्रको विकास विना राज्यको विकास नहुने नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डिराज ढकालले वताएका छन।

सुनसरीको इटहरी २मा रहेको इपि ल्याण्ड एण्ड वाटर पार्क उद्घाटन कार्यक्रममा बोल्दै महासंघका पुर्व अध्यक्ष ढकालले निजी क्षेत्रको विकास विना राज्यको विकास हुन नसक्ने वताएका हुन । उनले निजी क्षेत्रको लगानी बिना रोजगारीको अवसर सृजना हुदैन रोजगारीको सृजना विना स्थीर राजनिति स्थापित हुन नसक्ने भन्दै राज्यले निजी क्षेत्रसंग सहकार्य गर्नु पर्नेमा जोड दिए ।

३० करोडको लागतमा सञ्चालनमा ल्याइएको इपि ल्याण्ड एण्ड वाटर पार्क उद्घाटन कार्यक्रम संस्कृति तथा पर्यटन मन्त्री भानभक्त ढकालको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा प्रमुख अतिथी ढकालले निजी क्षेत्रसंग सहकार्य गरि सम्भावना बोकेका क्षेत्रहरुमा सरकारले समेत लगानी गर्ने वताए ।

नेपालमै पहिलो पटक हिउँसंग जोडिने खेलहरु समावेश भएको वाटर पार्क सञ्चालनमा ल्याएको सो अवसरमा जानकारी गराइएको थियो ।

इपि ल्याण्ड वाटर पार्क बालबालिका ,तन्नेरी देखि जेष्ठ नागरिकहरुलाई समेत पारिवारिक आनन्द दिलाउने उद्धेश्यले सञ्चालनमा ल्याइएको पार्कका सञ्चालक मध्येका ज्ञानविक्रम शाहले जानकारी दिए ।

उनले पानीसंग खेलिने अत्याधुनिक वाटर स्लाइट, समुद्रको छालमा बसेको अनुभुति हुने वेभ पुल , बोटिगं गर्दै लोप भई सकेका डाइनोसर लगायतका जनावरको आवाज सहित अवलोकन , जिप लाइन , वाल क्लाइम्बिगं , स्नो पार्क हिउँको आनन्द लिन सकिने र वाल उद्यान समेत रहेका वताइयो ।

पार्क इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेल , जगत वस्नेत , कृष्ण बस्नेत लगायतले संयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved