पूर्वराजा आज स्वदेश फिर्ता, विर गोर्खालीद्धारा हेलिकप्टरबाट पुष्प वृष्टि

  • वैशाख ५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज स्वदेश फिर्ता हुदैछन् । भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागी हुन पुगेका पूर्व राजा शाह स्वदेश फिर्ता हुने भएका हुन् ।
आइतबार काठमाडौंको विमानस्थलमा उनको भव्य स्वागतसहित जय जयकार र नागरिक अभिन्दनको तयारी गरिदै छ । आज दिउँसो शाह नयाँ दिल्लीबाट काठमाडौं विमानस्थलमा उत्रँदा भव्य स्वागत गरिने विर गोर्खालीका अभियन्ता सन्तोष राजाबादीले हाम्रो कालापानीलाई जानकारी दिए । उनले राजाबादी विभिन्न संगठनहरु मिलेर पूर्व राजाको स्वागतकालागि भव्य तयारी गरिरहेको जसमा ३ हजार देखी ४ हजार सम्म मानिसको सहभागीता हुने उनले जनाएका छन् । उनले भोली सम्पुर्ण राजावादी संघ संस्था तथा आम सर्वसाधारणलाई पूर्व राजाको स्वागतकालागि साडे २ वजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपस्थितिकालागि आह्वान समेत गरेका छन् । उनले गौशालामा रहेको वनकालीमा भोली दिउसो २ वजे मोटरसाइकल ¥यालीकालागि पनि उपस्थित हुन आह्वान गरेका छन् । आह्वानमा भनिएको छ, श्री ५ महाराजाधिराज सरकार फिर्ती सवारिमा वीर गोर्खाली द्वारा हेलिकप्टर बाट पुस्प वृष्टि गरिने र मोटर साइकल ¥याली निकालिने जानकारी गराउदछौ। साथिहरु उपस्थित हुन नबिर्सौ ‘।
यता,मनोजकुमार झाको जनतान्त्रिक तराई मुक्तिमोर्चा,राष्ट्र बचाऊ अभियान र राष्ट्रिय नागरिक आन्दोलन २०७७लेपनि पूर्वराजाको स्वागतमालागि तयारी गरेको बताउदै सम्पूर्ण राजावादीहरु प्रति अपिल गरेका छन् । उनको अपिलमा भनीएको छ, आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भई नागरिक सर्वोच्चता प्रदर्शन गरौं, राजा–जनता साक्षात्कार कार्यक्रम एवम् नागरिक अभिनन्दन कार्यक्रममा सहभागी होऔं ।’
आयोजकले नागरिक स्तरबाट गरिन लागेको अभिनन्दन एवम् राजा–जनता साक्षात्कार कार्यक्रममा उपस्थिति जनाउन बैशाख ५ गते आइतबार दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाऔं भन्दै नेपालमा राजसंस्था पुनःस्थापना एवम् नेपाललाई पुनः हिन्दु अधिराज्य भएको हेर्न चाहने सम्पूर्ण व्यक्तिलाई उपस्थितिको निम्ति आह्वान गरेको बताएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहलाई हरिद्वारमा आयोजित महाकुम्भ मेलामा भारतीय साधुसन्तको तर्फबाट सोमबार हिन्दू सम्राटको उपाधिसहित अभिनन्दन र अभिषेक गरिएको थियो । रथ यात्रा,हेलिकोप्टरबाट पुष्पवृष्टिसहित स्वागत गरिएका शाहले कार्यक्रममा धार्मिक सम्बोधन गरेका थिए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved