गृहमन्त्री थापाको मन्त्री संगै सांसद पदपनि खुस्कियो

  • वैशाख ५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय सभा सांसद पदका संगै मन्त्री पदबाट पनि मुक्त भएका छन् ।

नेकपा माओवादी केन्द्रले मन्त्री थापालाई एमालेमा लागेकोमा कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो ।

सोही पत्रका आधारमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले थापाको सांसद पद रिक्त भएको निर्णय गरेका हुन् । संसद सचिवालयले आइतबार एक सूचना प्रकाशित गर्दै थापाको सांसद पद रिक्त भएको जानकारी गराएको हो ।
सांसद पद गएसँगै थापाको मन्त्री पद पनि गुमेको हो । थापाले मन्त्रीमा कायम रहनका लागि अव फेरि सपथ ग्रहण गर्नु पर्ने हुन्छ ।suchana
यसअघि सर्वोच्चले गएको फागुन २७ गते नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि पनि एमालेमा रहेका माओवादी केन्द्रका मन्त्रीहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको सांसद पद गुमेको थियो ।
माओवादी केन्द्रको कारवाही पछि उनीहरुको सांसद पदसँगै मन्त्री पद पनि गुमेको थियो । र पुनः मन्त्री बन्नका लागि सपथ ग्रहण गरेका थिए ।
सांसद पद गुमेपछि ६ महिना मात्र मन्त्री पद रहन पाइने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved