राप्रपा झापाको अध्यक्षमा ओझा, दुई कार्यकाल बढि बस्न नपाउने निर्णय

  • वैशाख १३, २०७८
  • कालापानी मिडिया
alt

बिर्तामोड । पार्टीको नेतृत्व पुस्तान्तरणको अभ्यास गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा जिल्ला अधिवेशन सम्पन्न भएको छ। पार्टीका निवर्तमान जिल्ला सचिव केशव ओझालाई अध्यक्षमा निर्वाचित गर्दै झापा जिल्ला अधिवेशन सम्पन्न भएको हो।

178000865_3962189780561026_754131023012800826_n

प्रतिनिधि सभा सदस्य तथा पार्टीका नेता राजेन्द्र लिङदेनका अनुसार अबदेखि पार्टीका कोही पनि दुई कार्यकाल भन्दा बढी समय नबस्ने निर्णय गरिएको छ। पार्टीको अधिवेशनले व्यवहारमै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको उनले जानकारी दिएका छन्। जिल्ला अधिवेशन अघि गरिएका विभिन्न स्थानीय तहका अधिवेशनका सिल्सिलामा झापाका तीन मुख्य नगरमा महिला नेतृत्वलाई चयन गरिएको छ। नेता लिङदेनले सामाजिक सञ्जालमा लेखेका छन्, केशब ओझालाई अध्यक्ष चयन गर्दै राप्रपा झापाको अधिवेशन सम्पन्न ।

aaaa

अधिवेशनका महत्त्वपूर्ण सन्देशहरू।।
३ नेतृत्वमा पुस्तान्तरण
३ कार्यकारी नेतृत्वमा २ कार्यकाल भन्दा नबस्ने
३ ब्यवहारमै ३३५महिला प्रतिनिधित्व
३ झापाका ३ महत्त्वपूर्ण नगरमा महिला नेतृत्व
३ राप्रपा झापा एकढिक्का छ।
अध्यक्ष लगायत सबै सदस्यहरूलाई बधाई तथा कार्यकाल सफलताको हार्दिक शुभकामना !!

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved