भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १९ हजार ४ सय ३५ मा संक्रमण पुष्टि

  • वैशाख १४, २०७८
  • कालापानी मिडिया
alt


एजेन्सी । केही हप्ताबाट दैनिक कोरोना संक्रमित संंख्या उच्च भएको रेकर्ड बन्दै आएको भारतमा पछिल्लो २४ घण्टामा भने संक्रमित हुनेको संख्यामा केही कमी आएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा तीन लाख १९ हजार ४ सय ३५ मा संक्रमण पुष्टि भएको छ ।

अघिल्लो २४ घण्टामा यो संख्या तीन लाख ५२ हजार नाघेको थियो । भारतमा संक्रमितको कुल संख्या एक करोड ६७ लाख २५ हजार ७ सय ३५ पुगेको छ । भारतमा सबैभन्दा धेरै संक्रमित संख्या भएका राज्यहरुमा महाराष्ट्रमा ४३ लाख ४३ हजार ७ सय २७, केरलामा १४ लाख ५ हजार ६सय ५५, कर्नाटकमा १३ लाख ३९ हजार २ सय १, उत्तर प्रदेशमा १० लाख ८६ हजार ६ सय २५, तमिलनाडुमा १० लाख ८१ हजार ९ सय ८८ र दिल्लीमा १० लाख ४७ हजार ९ सय १६ संक्रमित रहेका छन् । यसैगरी भारतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या दुई हजार ७ सय ७१ रहेको छ ।

यो अघिल्लो २४ घण्टाको मृत्यु संख्याभन्दा केही कम हो । भारतमा हालसम्म कोरोनाका कारण एक लाख ९७ हजार ८ सय ९४ ले ज्यान गुमाई सकेका छन् । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ५१ हजार ८ सय संक्रमणमुक्त भएका छन् । यो सँगै भारतमा संक्रमणमुक्त हुनेको संख्या एक करोड ४५ लाख ५६ हजार २ सय ९ पुगेको छ । हाल भारतमा २८ लाख ८२ हजार २ सय ४ सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म १४ करोड ५२ लाख ७१ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाई सकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved