जनताको स्वास्थ्य सुरक्षा सरकारको पहिलो प्राथमिकता हुनुपर्छ - नेता बोहरा

  • वैशाख १८, २०७८
  • कालापानी मिडिया
alt

रबिन्द्र गुप्ता, भैरहवा । पूर्व स्वास्थ्य मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दिपक बोहराले सरकारको लागि जनताको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् । उनले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा शैया उपलब्ध गराउन नसक्ने भइसकेको सरकारको विज्ञप्तीप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताए ।

शनिबार एक विज्ञप्ती जारी गर्दै बोहराले सरकार जनताप्रतिको जवाफदेहीताबाट पन्छिन खाजेको प्रष्ट भएको बताएका छन् । यो सरकारको गैरजिम्मेवारीको पराकाष्ठा भएको उनको भनाइ छ । तत्काल जनताको स्वास्थ्यप्रति संवेदनशील भइ उचित व्यवस्था गर्न सरकारसंग उनको आग्रह छ ।

179867909_112042734265520_8724607665656317798_n

‘अहिलेको भन्दा भयावह अवस्था हुन सक्ने अवस्थालाई आंकलन गरेर तत्काल स्थानीय तहको सहयोगमा ठूला भवनरसभा भवनहरुलाई अक्सिनसहितको बेड थपेर आइसोलेशन सेन्टर बनाउनुपर्ने बोहराको भनाइ । चिकित्साकर्मीहरुलाई प्रोत्साहन भत्ता वृद्धि गरी पूर्ण रुपमा लगाउने । जनचेतना वृद्धि गराउने ।

अहिलेको अवस्थामा अन्य कामलाई थाती राखेर भए पनि कोरोना संक्रमितको उपचार र नियन्त्रणको लागि नागरिकलाई सरकार रहेको महसुस गराउन आग्रह गर्दछु, ’विज्ञप्तीमा उल्लेख छ ।
सरकारको भर नपरी स्वयं आफै पनि सचेत रहन पूर्वमन्त्री बोहराले सबैमा आग्रह गरेका छन् । साथै उनले सम्पूर्ण कोरोना संक्रमितको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved