नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै,राजीनामाबारे छलफल हुने

  • वैशाख २६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौँ । नेकाप एमालेको माधवकुमार नेपाल पक्षले आफ्नो राजीनामालाई लिएर स्थायी कमिटी डाकेको छ। संसद सचिवालयमा सामूहिक या छुट्टाछुट्टै राजीनामा दिने भन्नेबारे टुंगो लगाउने र त्यसमा धेरै भन्दा धेरै सांसदलाई सामेल गराउने प्रयास स्वरुप यो पक्षले स्थायी कमिटी बैठक डाकेको हो।

स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार यो बैठक भर्चुअल पनि हुन सक्छ। बैठक दिउँसो ३ बजेपछि बस्ने तयारी भएको हो । नेपाल पक्षका प्रत्यक्ष तर्फबाट निर्वाचित कम्तीमा २४ सांसदले राजीनामाको तयारी गरेका छन् ।

नेपाल पक्षले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सत्तामा निरन्तरता भन्दा राजीनामा दिनु उपयुक्त हुने भन्दै शनिबार राजीनामा दिने निष्कर्ष निकालेको थियो। प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिने निर्णय गरेका छन् । उनले आइतबार बिहान ९ बजेका लागि संवैधानिक परिषदको बैठक डाकेका छन् । सो बैठकमा विपक्षी दल कांग्रेस सहभागी हुने छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved