जसपाका नेता ठाकुर र महतो देउवा निवासमा, तीन नेताहरुबीच छलफल जारी

  • वैशाख २६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवानिवास बूढानीलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री केपीशर्मा अ‍ोलीले २७ गते शोमबार सदनमा लिने विश्वासको मतबारे समर्थन जुटाउन ठाकुर महतो समेतलाई लिएर बूढानीलकण्ठ पुगेको जसपा पार्टीका एक नेताले बताएका हुन् । प्रधानमन्त्री ओलीको विश्वास मतको पक्षमा अध्यक्ष ठाकुर रहेका छन् । तर जसपा नेपालमै भने प्रधानमन्त्री ओलीको विश्वासको मतको बारेमा पार्टीमा दुई धार छ । जसपा नेपालका अर्का अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विपक्षमा छन् भने अध्यक्ष महन्थ ठाकुर पक्षमा छन् ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त नहुने अवस्था आएमा जसपा नेपालका अध्यक्ष ठाकुर पक्ष तटस्थ बस्ने सोच पनि बनाएको ति नेताले बताए। उनले भने, प्रधानमन्त्री ओलीको नै विश्वासको मत प्राप्त नहुने अवस्थामा आए जसपा नेपाल तटस्थ बस्दा नै राम्रो हुने सुझाव दिएकमा छौ ।,

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved