सामूहिक राजीनामा बुझाउने अन्तिम तयारीमा माधव समूह

  • वैशाख २७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलको दम्भको कारणले पार्टी एकता जोगाउन असफल भएको नेता माधवकुमार नेपाल समूहले निष्कर्ष निकालेको छ।

आफ्नो समूहले दिएको समयसीमाभित्र ओलीले कुनै प्रतिक्रिया नआएको हुनाले सामूहिक राजीनामाको तयारी भइरहेको नेता झपड रावलले बताए। ‘ओलीको दम्भको कारणले पार्टी एकताको सम्भावना करिब टुंगिएको छ। अहिले छलफल चलिरहेको छ। हामी सामूहिक राजीनामाको अन्तिम तयारीका छौँ’ उनले थाहाखबरसँग भने।

प्रधानमन्त्री ओलीले आजै संसद्मा विश्वासको मत लिँदैछन्। माधव समूहले पार्टी एकता जोगाउनका लागि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्कनुपर्ने अडान राख्दै आएको छ। तर, ओली आफ्नो निर्णय फिर्ता लिने मनस्थितीमा छैनन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved