बस दुर्घटना अपडेट- मृतक ४ जनाकै सनाखत, ४९ घाइते, २ को अवस्था गम्भिर

  • जेठ ५, २०७८
  • कालापानी मिडिया
alt

जीवन न्यौपाने, नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने नवलपरासी जिल्लाको बर्दघाट दाउन्ने सडकखण्डको सिस्नेखोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो ।
काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस सडक किनारबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा अहिलेसम्म ४ जनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउने मध्ये रुकुम पश्चिम त्रिवेणि गाउँपालिका ६ कि २७ वर्षीय कल्पना पुन, रुकुम पूर्व सिस्ने गाउँपालिका ४ का ३६ वर्षीय धनराज घर्ति, रुकुम पश्चिम मुसिकोट नगरपालिका १ का २१ वर्षीय गोपाल वलि रहेका छन् भने बाकी १ जनाको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजू लामाले जानकारी दिए ।
उहाँका अनुसार बसमा चालकसहित ५८ जना यात्रु सवार रहेको र ति मध्ये ४९ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइतेहरुमध्ये ८ जनाको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज र अन्य सामान्य घाइतेहरूको बर्दघाट स्थित चिसापानी अस्पताल र सञ्जीवनि मेडिकलमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved