मेची अस्पतालको समस्या तत्काल समाधान गर्ने लिङदेनको प्रतिबद्धता

  • जेठ ७, २०७८
  • कालापानी मिडिया
alt

झापा । दोस्रो पटक कोरोना संक्रमण भएर दुई दिन अघि मात्र संक्रमणमुक्त भएका झापा क्षेत्र नं ३ बाट निवार्चित प्रतिनिधि सभा सदस्य तथा राप्रपाका नेता राजेन्द्र लिङ्देनले बिहीबार मेची अस्पतालको निरीक्षण गरेका छन्।

188509452_4033173853462618_7867284098949828631_n

भद्रपुरमा रहेको मेची अस्पतालमा कोभिडका बिरामीको उपचारमा समस्या भएको तथा अस्पताल फोहोर भएको समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि उनले अस्पतालको निरीक्षण गर्दै तत्कालका लागि समस्या समाधानको पहल गरिदिएका छन्।

187554056_4033173986795938_5944836088223190864_n

भद्रपुर नगरपालिकासंग टाँसिएका तथा राप्रपाले नेतृत्व गरिरहेका कचनकवल र हल्दीबारी गाउँपालिकाका अध्यक्षद्वय अन्जरा आलम र रविन्द्र लिङ्देनसहितको टोली लिएर सांसद लिङ्देन अस्पताल पुगेका हुन्।

सोही क्रममा अस्पतालका समस्याको तत्काल समाधानका लागि दुईवटै गाउँपालिकाले ५र५ लाख रुपैयाँ अस्पताललाई उपलब्ध गराउने निर्णय भएको लिङ्देनले बताए।

rrrrrr

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved