राष्ट्रिय सहमति गरेर सरकार बनाऔँस् -ओली

  • जेठ ७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको बाटोबाट सहमतिको सरकार बनाउनुपर्ने पक्षमा आफू रहेको बताएका छन्।

उनले राष्ट्रिय सहमति कायम गर्नुपर्ने भन्दै त्यो बाटोबाट अघि बढिनुपर्ने उल्लेख गरे। अहिलेको अवस्थामा आफूहरूलाई विपक्षीहरूले पुर्‍याएको भन्दै उनले स्वस्थ्य लोकतान्त्रिक अभ्यास अघि बढाउनुपर्ने बताए।
राष्ट्रपतिको विरोध गणतन्त्रविरोधी काम हो
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनका लागि २४ घण्टा समय दिने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको बचाउ गरेका छन्। पुनर्स्थापित भए देखी नै प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसकेको उल्लेख गर्दै उनले अहिले दिइएको समय ठिक भएको बताए।

उनले भने, “अढाई महिना पर्याप्त भएनरु अढाई महिनामा भएन।।। तीन दिनमा भएन। हुनसक्ने हो भने चौबिस घण्टामा दलहरू मिलेर जाँदा होला नि। गए वैकल्पिक सरकार बनाए भयो। कुनै पनि षडयन्त्र होइन यो। तपाईँहरू वैकल्पिक सरकार बनाउनुस् मेरो रचनात्मक सहयोग हुनेछ।”

उनले शुक्रवार बिहान मात्रै आफूले विपक्षी दलका नेता शेरबहादुर देउवालाई फोन गरी सरकार बनाउन आह्वान गरेको बताए।उनले आफूले देउवालाई विकल्प दिन भनेको पनि बताए।

उनले राष्ट्रपति गणतान्त्रिक संस्था भएकोले राष्ट्रपतिको विरोध गर्नु गणतन्त्रविरोधी काम भएको बताए। विपक्षी दलका कतिपय नेताहरूले पछिल्लो कदमका लागि राष्ट्रपतिविरुद्ध महाभियोग दर्ता गराउनुपर्ने धारणा राखिरहँदा ओलीको त्यस्तो बताएका हुन्।

उनले भने, “राष्ट्रपतिलाई महाभियोग लगाउने आक्रोश कुण्ठा के हो योरु प्रधानमन्त्रीलाई ल्याउनरु संविधानले मन्त्रिपरिषद्को सिफारिस जे जान्छ त्यो राष्ट्रपतिले गर्नुपर्छ भनेर लेखेको छ। राष्ट्रपतिको विरोध गणतन्त्रमाथिको प्रहार हो।”

उनले राष्ट्रपतिको संवैधानिक सीमा रहेको भन्दै सरकारले गरेका निर्णयका बारेमा आफू जिम्मेवार रहने बताए। सरकारका निर्णयको परीक्षण न्यायपालिका गर्न सक्ने उनले बताए।
पुनर्स्थापित प्रतिनिधिसभामा ुलोकतन्त्रको हुर्मत लिने काम भयो - ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापित प्रतिनिधिसभालाई काम गर्न नदिइएको र उसले नयाँ सरकार चयन गर्न पनि नसकेको बताए।

आफूले विश्वासको मत आफैँ लिन लाग्दा पनि मर्यादा तोडेर फोहोरी खेल खेलिइएको उनले बताए। महाभारतको अभिमन्युको चक्रव्यूहको प्रसङ्ग उल्लेख गर्दै २७ जना मान्छे गुटगत हिसाबले दलभित्रबाट विपक्षीसँग मिलेर सरकार ढाल्ने काम भएको बताए। उनले ती प्रयासहरू स्वस्थ्य नभएको बताए।

संसद् पुनर्स्थापित भएपछि आफूले बारम्बार राजीनामा माग्नुको सट्टा अविश्वासको प्रस्ताव ल्याउन भने पनि विपक्षी दलहरूले त्यो नगरेको टिप्पणी गरे। भएको सरकारलाई काम गर्न नदिएको र नयाँ सरकार बनाउन पनि नसकेको भन्दै उनले विपक्षीहरूको आलोचना गरे।

आफूले चाहेर नभई संविधानको व्यवस्था अनुसार आफू प्रधानमन्त्री बनेको ओलीले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved