भारतबाट सिंगापुर जान लागेको पानीजहाजमा भीषण आगलागी, श्रीलंकाद्धारा चालक दलको उद्धार (भिडियो सहित)

  • जेठ १२, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । भारतबाट सिंगापुर जान लागेको एउटा पानी जहाजमा भीषण आगलागी भएको छ। श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको एमभी एक्स(प्रेस पर्ल मालवाहक पानीजहाजमा आगलागीपछि बिस्फोट पनि भएको छ। श्रीलंका नौ सैनिकले मंगलबार पानीजहाजका चालक दलको उद्धार गरेको जनाएको छ।

भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बोकेर सिंगापुरको ध्वजावाहक उक्त पानीजहाज मे १५ मा छुटेको थियो। २५ टन नाइट्रिक एसिड र अरू रसायन पनि बोकेको पानीजहाजमा शुक्रबार एउटा कन्टेनरमा आगो लागेको थियो। त्यसपछि उक्त जहाजले कोलम्बो पोर्टमा रोकिन खोजेको थियो। जहाजको चालक दलमा फिलिपिन्स, चीन, भारत र रूसका २५ जना थिए। तीमध्ये दुई जना घाइते भएका छन्।

आगो निभाउन श्रीलंकाली वायु सेनाको हेलिकप्टरबाट केमिकल फालिएको थियो भने जहाजमा रहेका कैयौं कन्टेनर समुद्रमा खसेका थिए। पानीजहाजमा भएको रसायनबाट आगो लागेको हुन सक्ने बताइएको छ। श्रीलंकाका अधिकारीहरूले नेदरल्यान्ड र बेल्जियमका विज्ञहरूले उक्त पानीजहाजको सुपरीवेक्षण गरिरहेको र भारतले पनि आगो निभाउन जहाज पठाउने प्रतिवद्धता जनाएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved