कानुन व्यवसायीलाई अदालत जाने व्यवस्था मिलाइदिन गृहमन्त्रालयसँग बारको माग

  • जेठ १४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । देशभरका अदालत कोरोना महामारीका बीच पनि बन्दीप्रत्यक्षीकरणको निवेदनलगायत अन्य मुद्दाको सुनुवाइका लागि खुला रहेका छन्। कतिपय अदातलले त भर्चुअल माध्यमबाट पनि वहस र थुनछेक आदेश शुरु गरेका छन्।

सर्वोच्च अदालतले सार्वजनिक सरोकार र संवैधानिक व्याख्याको मुद्दा सुनुवाइका लागि रिट लगायत निवेदनका लागि पनि खुला गरेको छ। सरकारले भने शुक्रवारदेखि देशभर निषेधाज्ञामा कडाइ गरेको छ। शुक्रवारदेखि नै प्रतिनिधि सभा विघटनसम्वन्धी मुद्दाको सुनुवाइ पनि सर्वोच्चमा शुरु हुँदै छ ।

यस्तो अवस्थामा कानुन व्यवसायीले हिँडडुल गर्न नपाउने भएपछि कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसनले गृह मन्त्रालयलाई कानुन व्यवसायीको परिचयपत्रका आधारमा अदालत आवत जावत गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।

नेपालको संविधानको धारा २०मा प्रत्येक नागरिकलाई आफूले रोजेको कानुन व्यवसायीबाट सल्लाह र परामर्श सेवा लिन पाउने गरी मौलिक हकको रुपमा प्रत्याभूत गरेको अधिकार खोसिने अवस्थामा पुगेको भन्दै बारले प्रहरी प्रधान कार्यालय,जिल्ला प्रशासन कार्यालय काठमाडौ,जिल्ला प्रशासन कार्यालय भक्तपुर र ललितपुरलाई पनि ध्यानाकर्षण गराएको छ।

kanun

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved