माहात्मा गान्धीकी पनातिनीलाई सात वर्षको जेल सजाय

  • जेठ २५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतका राष्ट्रपिता तथा विश्व प्रसिद्ध नेता माहात्मा गान्धीकी पनातिनीलाई सात वर्षको जेल सजाय भएको छ। गान्धीकी ५६ वर्षीय पनातिनी आशीष लता रामगोबिनलाई धोकाधडी र सालसाजी गरेको आरोपमा दक्षिण अफ्रिकाको अदालतले सात वर्षकोे जेल ससजाय सुनाएको हो।

आशीष लताले व्यापारी एसआर महाराजसँग करिब ६० लाख बराबरको जालसाजी तथा धोेकाधडी गरेको आरोपमा अफ्रिकाकोे डरबन अदालतले उनलाई जेल सजाय सुनाएको हो।

लता प्रख्यात अभियन्ता इला गान्धी र मेवा रामगोविन्दकी छोरी हुन्। व्यापारी एसआरबाट लताले कुनै कामका लागि करिब ६२ लाख रुपैयाँ अग्रिम भुक्तनी लिएको र त्यस भुक्तानीवापत एसआरलाई मुनाफाको केही हिस्सा दिने निर्णय भएकोे थियो।

सन् २०१५ मा लता राम गोब्विन्दको मुद्दमा सुनुवाइ भएको थियो। त्यसबेला लतालाई दुर्ई लाख ७० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको थियो।

आशीष लता इन्टरनेशनल सेन्टर फर नन भायलेन्स नामक गैर–सरकारी कार्यक्रमकी संस्थापक र कार्यकारी निर्देशक हुन्। उनले पर्यावरण, सामाजिक र राजनीतिक हितका लागि काम गर्ने महिलाका रुपमा आफ्नोे परिचय बनाएकी थिइन्।

लताकी आमा इला गान्धी मानव अधिकारकर्मीका रुपमा आफ्नो उच्च छवि बनाएकी थिइन्। उनलाई भारतका साथै दक्षिण अफ्रिकाले राष्ट्रिय सम्मानका साथै पुरस्कृत गरेको थियो। इला गान्धी महात्मा गान्धीका चार छोरामध्ये माहिला मणिलालकी छोरी हुन्।

आजतक

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved