वषन्त चौधरीको प्रेमील कविता !

  • पुस १४, २०७६
  • कालापानी मिडिया
alt

तिम्रो साथले...

अभिसप्त अनुभूति बोकेर
हिडिरहेको जीवनको एक माइलमा
बरामद भएको तिम्रो साथले
भन्छ,
स्वप्निल मधुरता,
तिमीसंगको सहवासमा
पृथक रोमाञ्चकता,
तिमीसंगको संवादमा
अलौकिक आनन्द,
तिमीसंगको प्रेमालापमा ।

हो !
अनन्त अनुभूत गर्छ हृदयले
कान्तिमय आलोक छर्दै
विस्तारित शुभ्र उज्यालो
जीवनको नविनतम मोडमा
उज्यालिंदै,
पाउ मोडिएका छन् तिमी तिर
मुटुभरि समेटिने,
प्रेमको गुलाव बोकेर
आँखाभरि,
स्वतन्त्र सपना खोजेर !

आहा !
प्रणयको यौटै स्पन्दनमा
तिमी र म,
म र तिमी
यौटै मात्र यौटै,
संसारको सागरमा
तिमी भित्रै हराएर
तिमी भित्रै बिलाएर
बग्न चाहन्छु म !

स्वीकार गर प्रिय
यो अनुभूत
र बगाउ मलाई,
आफुसंगसंगै,
मायाको उर्लदो भेलमा
पुर्याउ संगमको गहिरो सागरमा
कि अभिसप्त जिन्दगीले
वरदान आभास गरोस !!

सामाजीक सञ्जाल फेसबुकबाट साभार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved