प्रधानमन्त्री ओली सरकार चलाउन असक्षम तर चतुर राजनीतिक खेलाडी

  • असार ४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान राजनीतिक नेतृत्वका कारण मुलुक अस्थिरता तर्फ गइरहेको आरोप लगाउनु भएको छ । शुक्रबार माउन्टेन टेलिभिजन संगको कुराकानीमा अध्यक्ष राणाले वर्तमान राजनीतिक नेतृत्वको आन्तरीक कलहका कारण मुलुकमा अस्थिता र अराजकता निम्तिएको आरोप लगाउनु भएको हो ।

सरकारले साडे तिन वर्षको अवधिमा जनताले दिएको बहुमको दुरुपयोग मात्रै गरेको उहाँको आरोप छ । उहाँले वर्तमान सरकार हरेक तवरबाट असफल भइसकेको भन्दै प्रधानमन्त्री ओलीलाई सरकारका चलाउन असक्षम भएको तर राजनीतिक खेलाडीको रुपमा भने माहिर देखीएको बताउनुभयो । उहाँले मुलुकमा निर्वाचन भएन भने राप्रपाको महाधिबेसनका आगामी फागुन सम्ममा हुने बताउनु भयो । राप्रपाको नेतृत्व पुस्तान्त्रणको विषयमा भने उहाँ खुलेर बोल्न मान्नु भएन ।

राप्रपामा पुस्तान्त्रको कुरा चलिरहेको छनी । तिन अध्यक्ष मध्येका एक अध्यक्षले दोश्रो पुस्तालाई नेतृत्व दिउ पनि भन्नु भएको छ । यसमा तपाइको धारणा के छ भन्ने जवाफमा उहाँ भन्नु हुन्छ, कुरा उठिरहेको छ, अर्का अध्यक्षले दिएको अन्तर्वाता मैलेपनि हेरे उहाँले राणा र थापाले अध्यक्ष चलाइ सक्नु भएकाले पहिलो प्राथमिकता आफु नभए दोश्रो पुस्तालाई हस्तान्त्रण गर्ने कुरा गर्नु भएको हो, तर यसबारे मेरो धारणा भने महाधिबेशबाटै नेतृत्व चयन गर्नु पर्छ भन्ने हो भन्नु भयो ।

यसबारे महाधिबेसनले टुंगो लगाउने अहिले बहस गरिरहन नपर्ने बताएसंगै अवको एक कार्यकाल पहिलो पुस्ताले नै पाउनुपर्छ भन्ने होकी भन्ने संकेत उहाँको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved