आज पाँच विद्यार्थी संगठनले बिरोध गर्दै

  • असार १०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रधानमन्त्री ओलि नेतृत्वको सरकारले कोरोना कहरले आक्रान्त जनतालाई राहत दिनुको साटो एकपछि अर्को गर्दै कुशासन, महँगी र भ्रष्टाचार थोपारिरहेको भन्दै असार १० गतेदेखि पाँच विद्यार्थी संगठनहरू संयुक्त रूपमा सरकारविरुद्ध सडक आन्दोलनमा उत्रते घोषणा गरेका छन्।

नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल(क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल ९छैठौं०का अध्यक्ष विमल पोख्रेलको हस्ताक्षरसहितको संयुक्त प्रेस विज्ञप्ति बुधबार जारी गर्दै ओली नेतृत्वको प्रतिगामी सरकारका तमाम् असंवैधानिक अलोकतान्त्रिक र जनविरोधी हर्कतविरुद्ध सडक आन्दोलनको घोषणा गरेका छन्।

असार १० गते बिहीबार दिउँसो ३ बजे उपत्यकाको प्रदर्शनी मार्गमा मुलकुलकका प्रमुख पाँच विद्यार्थी संगठनको तर्फबाट समाजिक दूरी र स्वास्थ्यको मापदण्ड भित्र रही संयुक्त विरोध प्रदर्शनको कार्यक्रम आन्दोलन स्वरूप गरिने तय गरिएको विज्ञप्तिमा उल्लेख छ। उपत्यकाबाहिरसमेत पाँच विद्यार्थी संगठनको देशभरि नै संयुक्त आन्दोनल गरिनेसमेत विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved