अब देश बचाउने ‘संकटमोचक’ ज्ञानेन्द्र सरकार नै हो-सन्तोष पन्त

  • असार ११, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौँ। वरिष्ठ हास्यकलाकार सन्तोष पन्तले नेपालको संकटमोचक पूर्व महाराजधीराज ज्ञानेन्द्र शाह भएको बताएका छन्। पन्तले राष्ट्र गम्भीर संकटमा भएको बेला पूर्व महाराजधीराज ज्ञानेन्द्र नै राजगद्दीमा बस्नु परेको दृष्टान्त प्रस्तुत गर्दै फेरी त्यस्तै समय आउन लागेको बताएका हुन्।

पन्तले ०७ साल र ५८ सालको दृष्टान्त दिँदै नियतिले नै देश गम्भीर मोडमा पुगेको बेला देशको नेतृत्वमा राजा ज्ञानेन्द्रलाई नै पुऱ्याएको बताउँदै फेरी त्यस्तै स्थिति देखा परेकोले त्यो बेला राजा ज्ञानेन्द्रले नै राष्ट्रको उद्धार गर्ने बताए।

पन्तले भने, ‘तपाई याद गर्नुहोस्। जहिले पनि संकट परेको बेला, आपतबिपत परेको, अप्ठ्यारो परेको बेला राजा ज्ञानेन्द्र सरकार नै हुनु भएको छ। ०७ सालमा पनि राजा त्रिभुवनले परिवार नै लिएर दिल्ली गएको बेला उहाँलाई नै राजा बनाइयो। राजपरिवारको हत्याकाण्ड भयो ०५८ सालमा त्यतिबेला पनि राजा ज्ञानेन्द्र सरकार नै हुनु भयो। अहिले देश अप्ठ्यारोमा छ। अब देशलाई बचाउने, तह लगाउने संकटमोचक पनि राजा ज्ञानेन्द्र नै हो।’

पन्तले अहिले आएर जनताले राजाले लिएको कदम राष्ट्रहितको लागि रहेछ भन्ने बुझ्दै गएको बताए। त्यसैले पन्तले पूर्व महराजधीराज ज्ञानेन्द्रले तत्काल सत्ता हातमा लिएर नागरिक सरकार गठन गर्नु पर्ने बताए।

राजाले गद्दीबाट झरेर नेताहरुलाई शासन सत्ता सुम्पे पनि देश झन्झन् जर्जर हुँदै गएको नेपालीले देखिरहेको बताए। विशाल शक्तिशाली छिमेकी राष्ट्रहरु भएकोले देशको अखण्डता र राष्ट्रियता जोगाइ राख्न राजसंस्था अपरिहार्य रहेको बताए।

पन्तले नेपाल राष्ट्र भगवान पशुपतिनाथ र देउदेउरलीमा बसेका असंख्य देवी देउता को अशिम कृपाले बनेकोले देशमा धर्मसम्मत राज्य स्थापना हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved