प्रचण्डलाई लिङ्देनको प्रश्न, यति ठूलो क्षति र भुल गरेपछि बल्ल राजा नै ठिक रहेछन् भन्ने आत्मबोध भयो ?

  • असार १२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा बल्ल विगतको भूल र आफूले गरेका क्षतिप्रति आत्मबोध हुन थालेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले देशले ठूलो क्षति भोगेपछि र परिवर्तनका नाममा ठूलठूलो भुल गरेपछि प्रचण्डमा राजा नै ठिक रहेछन् भन्ने आत्मबोध देखिएको औंल्याएका छन् । विपक्षी गठवन्धनको बिहीबारको पत्रकार सम्मेलनमा प्रचण्डले अहिलेको राष्ट्रपतिभन्दा राजा नै ठिक भएको बताएका थिए ।

सोही भनाईप्रति प्रतिक्रिया जनाउँदै लिङ्देन भन्छन्, ‘प्रचण्डजीले अहिले त न शान रहयो नत मान नै बरू राजाको बेलाको शान र माननै अलग्गै थियो भन्नु भएछ । देशले धेरै क्षति बेहोरी सकेपछि तपाईंहरूमा घोषित अघोषितरूपमा परिवर्तनका नाममा विगतमा ठूलाठूला भुल गरिएछ भन्ने आत्मबोधको सिलसिला सुरु भएको देखिन्छ ।’

प्रचण्डमाथि जनयुद्धका नाममा १७ हजारभन्दा बढि निर्दोष नेपाली जनताको हत्याको हत्या गरेको, अरु दशौं हजारलाई अंगभंग, टुहुरो र बिधवा बनाएको, खर्बौं रुपियाँको राज्यको सम्पत्ति नष्ट गरेको आरोप लाग्दै आएको छ ।

rrr 1

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved