युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु सुरु

  • असार १२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछ।

नकआउट चरण अन्तर्गतको खेलमा पहिलो दिन आज दुई खेल हुँदैछ। आज वेल्स र डेनमार्क भिड्दा दोस्रो खेलमा इटली र अष्ट्रिया आमनेसामने हुनेछन्। वेल्स र डेनमार्कबीचको खेल नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा राती पौने १० बजे सुरु हुनेछ। दुबै टिम आजको खेलमा जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनाका साथ मैदान उत्रनेछन्।

वेल्स समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो। वेल्सले ३ खेलमा ४ अंक जोडेको थियो। समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १/१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २/० गोल अन्तरले हराएको थियो।

तेस्रो खेलमा भने इटालीसँग १/० गोलको हार ब्यहोरेको थियो।

यस्तै समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको डेनमार्कले ३ खेलमा ३ अंक जोडेको थियो। आफ्नो पहिलो खेलमा डेनमार्क फिनल्यान्डसँग १/० गोलले पराजित भएको थियो।

दोस्रो खेलमा बेल्जियमसँग २/१ गोलले हार ब्यहोरेको डेनमार्कले तेस्रो खेलमा रुसलाई ४/१ गोल अन्तरले पराजित गरेको थियो। यी दुई टिम हालसम्म १० पटक आमनेसामने हुँदा डेनमार्कले ६ खेलमा जित निकालेको छ भने वेल्सले जम्मा ४ खेलमात्र आफ्नो पक्षमा पारेको छ।

आजै हुने दोस्रो खेलमा राति पौने १ बजे इटली र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ। इंग्ल्याण्डको वेम्बली स्टेडियममा हुने खेलमा दुबै टिम जित निकाल्दै अन्तिम आठमा आफुलाई सुरक्षित गर्न चाहान्छन्।

समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको इटलीले समूह चरणको ३ खेलमा शतप्रतिशत जित निकाल्दै ९ अंकका साथ नकआउट चरणमा प्रवेश गरेको थियो। इटालीले पहिलो खेलमा टर्कीलाई ३/० ले पराजित गरेको थियो।

यसैगरी दोस्रो खेलमा स्विट्जरल्यान्डलाई समान ३/० गोल अन्तरले पाखा लगाएको इटलीले आफ्नो अन्तिम खेलमा वेल्सलाई १/० गोलले हराएको थियो।

इटली विरुद्ध मैदान उत्रन लागेको अष्ट्रिया समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। अष्ट्रियाले ३ खेलमा ६ अंक जोडेको थियो। आफ्नो पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३/१ ले हराएको अष्ट्रियाले दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २/० गोलको हार ब्यहोरेको थियो।

यस्तै अन्तिम खेलमा युक्रेनलाई १/० ले हराउँदै अष्ट्रिया अन्तिम १६ मा पुगेको थियो। यी दुई टिमबीच हालसम्म ३५ खेल हुँदा इटलीले १६ खेल आफ्नो पक्षमा पारेको थियो भने अष्ट्रियाले ११ खेलमा जित निकालेको थियो। यस्तै ८ खेल बराबरीमा सकिएको थियो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved