१८ गतेको बैठकमा माधव नेपाल पक्ष नआउनु अनुचित हुन्छ विष्णु पौडेल

नेता विष्णुप्रसाद पौडेलले अन्तरविरोधहरुलाई पार्टीको दायरामा फर्काउनुपर्ने र पार्टीभित्रै बसेर समाधान खोज्नुपर्ने बताए ।

  • असार १६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमालेका नेता विष्णुप्रसाद पौडेलले आगामी केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल पक्ष नआउनुपर्ने कुनै कारण नभएको बताएका छन् ।

बालुवाटारमा बुधबार बसेको बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्र्दै एकता पूर्वको केन्द्रीय कमिटी ब्युँताएको छ । त्यसको बैठक शुक्रबार १८ गते बोलाइएको छ । उपप्रधान तथा अर्थमन्त्री समेत रहेका पौडेलले यो बैठकमा नेपाल पक्षीय नेताहरु बैठकमा नआउनु अनुचित हुने पनि बताए ।

‘आजका मितिदेखि कारबाहीका प्रसंग सकियो,’ उनले भने, ‘नेकपाभन्दा अगाडिको पदीय हैसियतका साथ बैठकमा सहभागी हुन आव्हान गरिसकेपछि बैठकमा नआउनु सर्वथा अनुचित कुरा हुन्छ । म आशा गर्छु उहाँहरु आउनुहुनेछ ।’

उनले अन्तरविरोधहरुलाई पार्टीको दायरामा फर्काउनुपर्ने र पार्टीभित्रै बसेर समाधान खोज्नुपर्ने बताए ।

आगामी दिनमा पार्टी, पार्टी निर्णयको आधारमा चल्ने सुनिश्चितता गर्नका लागि आगामी केन्द्रीय कमिटीको बैठक बस्न लागेको पौडेलले बताए । ‘पार्टीलाई एकतावद्ध गरेर लिएर जान सकुँ भन्ने हिसाबले प्रधानमन्त्रीले धेरै ठूलो पीडा सहेर पनि संवाद, सहकार्य र एकताको प्रयास गरिरहनुभएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved