राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने जेल चलान

  • असार १६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीनै जना पुर्पक्षका लागि जेल चलान भएका छन्। जिल्ला अदालत सुर्खेतले उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरेको हो।

सुर्खेतको गुर्भाकोट नगरपालिका स्थायी घर भएका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला अदालत सुर्खेतले जनाएको छ। न्यायाधीश डिलप्रकाश सापकोटाको एकल इजलासले यौन दुर्व्यवहार गर्ने तीन जनालाई जेल चलान गरेको हो।

उनीहरूले राउटे समुदायका १९ र २३ वर्षकी युवतीलाई जेठ २१ गते होटलमा लगेर मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेको भिडियो जेठ २३ गतेदेखि सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले तत्काल यनिहरुलाई पक्राउ गरेको थियो। उनीहरूविरूद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved