अफगानिस्तानमा गृहयुद्ध हुन सक्ने अमेरिकी सैनिक कमाण्डरको चेतावनी

  • असार १७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै मुलुक पुनः गृहयुद्धमा प्रवेश गर्न सक्ने अमेरिकी सेनाका उच्च कमाण्डरले बताएका छन्।

अफगानिस्तानबाट अघिल्लो महिनाबाट अमेरिकी सेना फिर्ता गर्ने कार्य शुरु भएसँगै हिंसात्मक घटनाहरु बढेका छन्। तालिवान विद्रोही समूहले धेरै क्षेत्रहरु कब्जा गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

आगामी सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भइसक्ने अमेरिकी सेनाका जनरल स्कल मिलरले जानकारी दिएका छन्। तर त्यसपछि अफगानिस्तानको अवस्था झनै नाजुक हुने बताउँदै त्यहाँको नेतृत्व मुलुकलाई एकतावद्ध बनाउन असक्षम रहेको उनको भनाइ छ। हाल ३ सय ७० जिल्ला मध्ये ५० जिल्ला विद्रोहीको कब्जामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved