सर्वोच्चबाट फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिनेहरू पार्टीमा नरहने

  • असार १९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट मुद्दाको किनारा लाग्दासम्म हस्ताक्षर फिर्ता नलिनेहरू एमालेमा रहन नसक्ने बताएका छन्।

‘मुद्दाको फैसला हुँदासम्म एमाले ढाल्ने अनि प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा ज–जसको हस्ताक्षर कायम रहन्छ ती पार्टी कार्यकर्ता होइनन्। ओलीले भने, ‘यसले त कित्ताकाट गरिसक्यो नि ! यसमा कुनै भ्रम पाल्न हुन्छ र ? शब्दका झूटका खेतीमा अल्मलिन हुन्छ र ?

शनिबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि पनि अब माधव नेपाल समूहलाई धेरै पर्खिन नसकिने बताए।

कोहीकोहीलाई लामो विमारी लाग्ला निको हुन धेरै समय लाग्ला, निको हुन १० वर्ष लाग्यो भने के गर्ने ? पर्खिरहने ? ओलीले भने,त्यसकारण यो १० वर्षको पर्खाइ हुन सक्दैन।

आफूहरु धेरै लचक भएर जेठ २ मा गइसकेपछि पनि अब धेरै शर्त स्वीकार्न नसकिने ओलीको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved