तालिबान बिद्रोहीसँगको भिडन्तपछि अफगानिस्तानका १ हजार बढि सैनिक बिस्तापित

पछिल्ला महिनाहरुमा अफगानिस्तानमा हिंसात्मक गतिविधिहरु बढ्दै ,तालिबानले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रहरु बिस्तार गर्दै

  • असार २२, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । तालिबान बिद्रोहीसँगको भिडन्तपछि अफगानिस्तानका एक हजार भन्दा बढि सैनिक छिमेकी देश ताजकिस्तानमा बिस्तापित भएका छन् ।

सीमा क्षेत्रमा भएको भिडन्तको क्रममा सैनिकहरु ताजकिस्तान गएको अधिकारीहरुले जानकारी दिएका हुन् । आफ्नो ज्यान जोगाउनका लागि बाध्य भएर अफगान सैनिकहरु आफ्नो देश प्रवेश गरेको सीमा सुरक्षाका लागि खटिएका ताजकिस्तानको सुरक्षा बलले जनाएको छ ।

पछिल्ला महिनाहरुमा अफगानिस्तानमा हिंसात्मक गतिविधिहरु बढ्दै गएका छन् । तालिबानले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रहरु बिस्तार गर्दै लगेको छ । विशेष गरि देशको उत्तरी क्षेत्रमा पछिल्ला हप्ताहरुमा तालिबान बिद्रोही बलियो देखिएको छ ।

अमेरिका, बेलायतसहित नेटो सैनिकहरुले अफगानिस्तान छोड्न थालेसँगै तालिबानको गतिविधि सघन बनेको हो । २० वर्षको युद्धपछि अमेरिका तथा नेटो सैनिकको अन्तिम समूह फिर्ता हुने क्रममा छ । आउँदो सेप्टेम्बर ११ सम्म अमेरिकी सैनिकको फिर्ती प्रक्रिया पूरा हुने छ ।

विदेशी सैनिक फिर्ता भएसँगै अफगानिस्तानमा पुनः हिंसाको अवस्था आउने भन्दै चासो र चिन्ता व्यक्त भइरहेका बेला तालिबानबाट ज्यान जोगाउन अफगान सैनिक छिमेकी देशको शरणमा पुगेका हुन् । यसैबिच सबै विदेशी सैनिकले आउँदो सेप्टेम्बरसम्म अफगानिस्तान नछोडेमा गम्भीर परिणामको सामना गर्नु पर्ने चेतावनी तालिबानले दिएको छ ।

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा कूटनीतिक मिसनको सुरक्षाका लागि एकहजार सैनिक रहने खबर आएपछि तालिबानको यस्तो चेतावनी आएको हो । काबुलमा रहने सैनिकमा अधिकांश रुपमा अमेरिकी हुने छन् ।

विदेशी सैनिकको साथ पाउँदै आएको अफगान सेनाले अब देशको सुरक्षाको जिम्मा एक्लै सम्हाल्ने तयारी गरिरहेको छ । तर यसले अफगानिस्तानको शान्ति सुरक्षालाई लिएर चासो भने बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved