अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने

  • असार २४, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने बताएका छन् । ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने घोषणा गरेका समाचार एजेन्सी एएफपीले जनाएको हो । उनले गलत तरिकाले आफ्नो आवाज दबाएको भन्दै मुद्दा दर्ता गर्न लागेको बताएका छन् ।

यो वर्षको सुरुवातमा ट्रम्पका समर्थकले हिंसात्मक गतिविधि गर्न थालेपछि फेसबुक र ट्विटरले उहाँमाथि प्रतिबन्ध लगाएको थियो । वासिङ्टनमा रहेको क्यापिटल हिलमा भएको हिंसात्मक घटनाको विषयमा गरेको पोस्टको विषयलाई लिएर सामाजिक सञ्जालहरुले ट्रम्पमाथि प्रतिबन्ध लगाएका हुन् ।

सामाजिक सञ्जालमा ट्रम्पले प्रदर्शनकारीहरुलाई घर फर्किन निर्देशन दिनुभन्दा पहिला ‘आई लभ यू’ भन्ने सन्देश पठाउनु भएको थियो । ट्रम्पले राष्ट्रपतीय चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved