अफगानिस्तान–इरान सीमा नाका तालिबानको नियन्त्रणमा, अमेरिकी सेना अगष्ट ३१ सम्ममा फिर्ता हुने

  • असार २६, २०७८
  • कालापानी मिडिया
alt

काठमाण्डौ । तालिबानले इरानसँगको महत्त्वपूर्ण सीमा नाका आफ्नो नियन्त्रणमा लिएको पश्चिम अफगानिस्तानका अधिकारीले बताएका छन् ।

इस्लाम काला नाकाका सबै गतिविधि रोकिएको भन्सार अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकी सैनिकको फिर्ती प्रक्रियासँगै अफगानिस्तानमा तालिबानले विभिन्न भू-भाग कब्जा गरिरहेको छ ।

अफगानिस्तान र इरानबीचको एक प्रमुख सीमा नाका तालिबानले कब्जा गरेको अफगान अधिकारीहरूले स्वीकारेका छन् । इस्लाम काला नाका इरानसँगको सबभन्दा ठूलोमध्यको व्यापारिक नाका हो । त्यहाँबाट सरकारले मासिक २ करोड डलर राजस्व उठाउँथ्यो ।

अफगानिस्तानको रक्षा मन्त्रालयले नाका आफ्नो नियन्त्रणमा लिन प्रयासरत जारी रहेको बताएको छ। तालिबानले अफगानिस्तानको ८५ प्रतिशत भू-भाग आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ । तर उसको दाबीलाई सरकारले अस्वीकार गरेको छ । यसै हप्ता अमेरिकी सेनाले अफगानिस्तानमा रहेको मुख्य सैन्य अखाडा बाग्रामलाई छाडेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अगस्ट ३१ सम्ममा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिने बताका छन् । तालिबान लडाकु समूहले देशैभर उपस्थिति बढाइरहेका बेला बाइडेनको पछिल्लो प्रतिक्रिया आएको हो ।

यसअघि नै सन् २०२१ को सेप्टेम्बर ११ भित्रमा अमेरिकी सेना पूर्णरूपमा फर्किसक्ने समय सीमा तोकिएको थियो । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को मे महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फर्किसक्ने तालिबानसँग सहमति गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved