कोपा अमेरिका : ब्राजिल र अर्जेन्टिनाको खेल सुरु, उपाधिको खोजीमा नेइमार र मेस्सी

  • असार २७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं : कोपा अमेरिका अन्तर्गत ४७ औं संस्करणको फाइनल खेल सुरु भएको छ।

केही बेरअघि मात्रै सुरु भएको खेलमा अर्जेन्टिना र ब्राजिलबीच भिडन्त जारी छ।हालसम्म अर्जेन्टिनाले १ गोल हालेको छ ।

खेल ब्राजिलको रियो दि जेनेरियोस्थित मराकाना रंगशालामा भइरहेको छ। पछिल्ला तीन प्रतियोगितामा लगातार कोपा फाइनलdf पुगेको ब्राजिल अघिल्ला दुई संस्करणमा चिलिसँग पराजित हुँदै उपाधिविहीन बनेको थियो।

ब्राजिलसँग पछिल्लो समय खराब इतिहास बनाएको अर्जेन्टिनाले २ पटक भएको फाइनल भिडन्तमा दुवैपटक पराजित भएको छ। २००४ मा पहिलो पटक टाइबेकरमा पराजित भएको अर्जेन्टिना २००७ मा ३-० ले पराजित भएको थियो। ११ वर्षपछि ब्राजिल विरुद्ध अर्जेन्टिनालाई बदलाको अवसर रहने छ।

कोपा अमेरिकामा एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्न लागेका ब्राजिल र अर्जेन्टिना बिच ३४ औं पटक प्रतिस्पर्धा हुन लागेको छ। ब्राजिलले १० खेलमा जित निकाल्दा अर्जेन्टिनाले १५ खेलमा जित निकालेको छ। बाँकी ८ खेल बराबरी भएका छन्। त्यसो त ब्राजिल घरेलु मैदानमा अहिलेसम्म अपराजित छ। यि दुई बिच आठौं पटक घरेलु मैदानमा प्रतिस्पर्धा हुन लागेको हो। ब्राजिल घरेलु मैदानमा कहिले पनि हारेको छैन्।

विश्व फुटबलमा लगातार मुख्य प्रतियोगितामा दबाबका बाबजुत अर्जेन्टिना अभागी सावित हुँदै आएको छ। अर्जेन्टिना पछिल्ला ६ महत्वपुर्ण फाइनल कोपा अमेरिका २००४, २००७, २०१५, २०१६, कन्फिडिरेसन कप २००५, विश्वकप २०१४ मा पराजित छ। जसमा ब्राजिलसँग २००४, २००७ कोपा तथा कन्फिडिरेसन कप २००५ मा पराजित हुन पुगेको छ।

ब्राजिल कोपा अमेरिकामा ६ खेलमा अर्जेन्टिनासँग हारेको छैन्। ३ खेलमा जित निकाल्दा ३ खेल बराबरी खेलेको छ। उसले पछिल्लो पटक १९९३ मा ३-२ ले अर्जेन्टिनासँग हार ब्यहोरेको थियो। अर्जेन्टिनाले ब्राजिलमा खेलेका पछिल्ला १९ भिडन्तमा केवल १ खेलमा मात्र जित निकालेको छ। जहाँ १४ हार भोग्दा ४ खेल बराबरी गरेको छ। १९९८ मा मारकानामानै भएको मैत्रिपुर्ण खेलमा भने अर्जेन्टिनाले जित निकालेको थियो।

स्टार फुटबलर लियोनेल मेसी र नेमारबिच छैटौं पटक प्रतिस्पर्धा हुन लागेको छ। यसअघि एक अर्का विरुद्ध पाँच पटक प्रतिस्पर्धा गर्दा अर्जेन्टिना ३ पटक विजयी भएको छ भने ब्राजिल २ पटक विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved