जापानमा आएको पहिरोमा परेर ९ जनाको मृत्यु , २० जना बेपत्ता

  • असार २७, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । जापानमा भारी वर्षापछी आएको पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ । २० जना बेपत्ता छन् ।

जापानका ३ वटा प्रान्तमा पहिरो जाँदा अधिकांश घर पुरिएका छन् । सम्भावित क्षतिलाई मध्यनजर गर्दै १ लाख ५० हजार सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

भारी बर्षाले पानी बस्तीमा पसेकाले हजारौं घर डुबानमा परेका हुन् । पहिरो प्रभावित क्षेत्रमा यातायात र बिजुली आपुर्ति समेत बन्द हँुदा त्यहाँको जनजीवन थप कष्टकर बनेको छ ।

यसैबीच बर्षा र पहिरोको चपेटामा परेका जनातामाथि सहानुभुती प्रकट गर्दै प्रधानमन्त्री योशीहिदेले संयमता अपनाउन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री योशिहिदेले प्रभावित जनताका लागि उचित राहत दिन सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved