अमेरिकाको क्यालिफोर्निया र नेभाडामा तापक्रम अत्यधिक वृद्धि

  • असार २७, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । अमेरिकामा गर्मी बढेको छ । अमेरिकी मौसम विभागका अनुसार क्यालिफोर्निया र नेभाडामा तापक्रम उच्च विन्दुमा पुगेको हो ।

क्यालिफोर्नियाको डेथ भ्यालीमा शुक्रबार तापक्रम ५४ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो । शुक्रबार मापन भएको डेथ भ्यालीको तापक्रम सन् २०२० को अगस्टमा मापन भए जस्तै हो । जसलाई पृथ्वीमा मापन भएको अहिलेसम्मको सबैभन्दा उच्च तापक्रम मानिन्छ ।

सन् १९१३ मा अधिकतम तापक्रम ५६ दशमलव ७ डिग्रीसेल्सियस मापन भएको बताइए पनि यसमा विज्ञहरुको एक मत छैन ।

उच्च गर्मीसँगै अमेरिकाका विभिन्न क्षेत्रमा डढेलो पनि लागेको छ । क्यालिफोर्नियासँग सीमा जोडिएको नेभाडामा पनि तापक्रम उच्च बन्दै गएको छ । ढडेलोको समस्या पनि उच्च बनेको छ ।

अमेरिकाका लाखौं मानिसहरू उच्च गर्मीको समाना गरिरहेका छन्। अमेरिकी मौसम विभागले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई प्रशस्त पानी पिउन आग्रह गरेको छ । साथै, उनीहरूलाई घर भित्र रहन र एसी भएको भवनहरूमा बस्न सल्लाह दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved