अदालतलाई प्रभावित पार्ने शब्द राखेको भन्दै माधव नेपालले फर्काए मस्यौदा

  • असार २७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमालेको एकताका लागि कार्यदलले तयार पारेको मस्यौदामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली राखिएको भन्दै माधव नेपालले फिर्ता पठाइदिएका छन् ।

शनिबार कार्यदलले तयार पारेको मस्यौदामाथि सहमति जुटाउन नेपाल पक्षका कार्यदल सदस्यहरु आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेका थिए । नेता नेपालले मस्यौदामा रहेको एक शब्दावलीमा असहमति जनाएपछि उनीहरु सिंहदरबार फर्किएका छन् । अहिले सिंहदरबारमा कार्यदलको बैठक बसिरहेको छ ।

अदालतलाई प्रभावित बनाउने वा हस्ताक्षर फिर्ता गर्ने दुबै सर्त आफूले नमान्ने नेता नेपालले यसअघि नै बताउँदै आएका थिए ।
सिंहदरबार बैठकमा सहभागी कार्यदलका एक सदस्यले भने, ‘नेता नेपालले शब्दावली सच्याउन भन्नुभएको छ, हामी त्यसमाथि छलफल गरेर टुंगोमा पुग्छौं ।’ एमाले वरिष्ठ नेता नेपालको भनाइ उदृद्ध गर्दै कार्यदलका सदस्यले भने, ‘मेरो अडान क्लियर छ, त्यो भन्दा यताउता भएमा सहमत हुन सकिन्न ।’ रातोपार्टी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved