देउवा नेतृत्वमा सबैलाई समेटेर सानो आकारको मन्त्रीमण्डल बन्ने

  • असार २९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले राष्ट्रपतिलाई परमादेश जारी गरेसँगै नयाँ सरकार गठनको कसरत सुरु भएको छ। देउवालाई प्रधानमन्त्री नियुक्त सर्वोच्चले दिएको समय आज साँझ पाँच बजे सकिँदैछ।

सोमबार सर्वोच्चको फैसलापछि बसेको ५ दलीय गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो। गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सरकार गठन गर्ने र प्रारम्भिक चरणमा सानो आकारको मन्त्रिपरिषद् बनाउने निर्णय गरेको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए।

मन्त्रालय बाँडफाँटको विषयमा भने थप छलफल हुने नेताहरुको भनाइ छ। मन्त्रिमण्डल गठन र मन्त्रालयको बाँडफाँटको विषयमा निर्णय गर्न आज गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने जनाइएको छ।

गठबन्धनबाट नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्ष भने बाहिरिएको छ। सर्वोच्च अदालतले संसद पुनस्स्थापनाको फैसला सुनाएपछि ‘परिस्थिति फेरिएको’ भन्दै नेपाल पक्ष विपक्षी गठबन्धनबाट बाहिरिएको हो।

सोमबार बसेको गठबन्धनको बैठकमा नेता नेपालले परिस्थिति फेरिएका कारण गठबन्धनमा बस्ने अवस्था नरहेको जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved