दुईतिहाइ ल्याएको धाक लगाउने सरकारले केही गर्न नसकेको देशमा ग्रहदसाले बनाइदेको सरकारबाट जनताले आशा गरेका छैनन

  • साउन ३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा, प्रतिनिधिसभाका सांसद राजेन्द्र लिङदेनले अहिलेको संविधान असफल भइसकेको भन्दै यसले अब निकास नदिने बताएका छन् । आइतबार संसदमा बोल्दै उनले अहिलेको राजनीतिक संघर्ष लोकतन्त्र जोगाउन र संविधान जोगाउनका लागि भनेर दावी गरिए पनि त्यो गलत हो भन्दै यो सत्ता र शक्तिका लागि हो भने ।

सत्ता संघर्षले देशलाई निकास नदिने लिङ्देनको तर्क छ । उनले छिद्रैछिद्र भएको संविधान असफल भएको जिकिर गर्दै वर्तमान राजनीतिक नेतत्व पनि असफल भएको बताए । बर्तमान सरकार प्रारम्भमै बदनाम भएको भन्दै उनले, धेरै राम्रा काम गर्न नसकेपनि नराम्रा काम नगर्न देउवा सरकालाई आग्रह गरे । उनले भने धेरै राम्रो काम गर्नुुस, अघिल्ला सरकारबाट पाट सिक्नुस राम्रा कार्य गर्नुस हाम्रो साथ छ, तर सक्नुहुन्न भने नराम्रा काम नगर्नुस,। लिङ्देनले सत्ता संघर्षको कुरूप रूप देखिएको बताए । देश भ्रस्टाचारले डुङ्डुङती गन्हाएको छ ।

दुईतिहाइ ल्याएको धाक लगाउने सरकारले केही गर्न नसकेको देशमा देउवाबाट जनताले आशा नगरेको बताउँदै उनले राम्रो गर्न नसके पनि नराम्रो नगर्न सल्लाह दिए । प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यालय नबनाइयोस क्याटरिङ हाउस नबइयोस् लिङदेनले सुझाव दिए ।
आफ्नो पार्टी राप्रपाले कुनै पनि दललाई मतदान नगर्ने उनले स्पष्ट पारे ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मतदान गर्ने प्रक्रिया शुरु हुँदा राप्रपा भने तटस्थ बसेको छ ।
राप्रपाका सांसद राजेन्द्र लिङ्देनले आफ्नो पार्टी तटस्थ बस्ने जानकारी दिएका हुन्। उनले अनुहार परिवर्तनले देशलाई निकास दिन्छ भन्ने विश्वास नभएको उल्लेख गर्दै सत्तासंघर्षको यो कुरुप दृश्यमा राप्रपा तटस्थ बस्ने बताएका हुन्।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved