असन्तुष्ट कांग्रेस जिल्ला समापति भेला _ सुदूरपश्चिमबाट को–को ?

  • पुस २१, २०७६
  • कालापानी मिडिया
alt

कांग्रेस सभापति शेरबहादुर देउवासँग असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला पक्षको भेला केहीबेरमा पार्टी केन्द्रीय सानेपामा हुँदैछ । सहमति प्रयास भइरहेका बेला देउवाले एकपक्षीय रूपमा निर्णय गरेको भन्दै असन्तुष्ट पक्षले त्यसलाई सच्याउनका लागि दबाबस्वरूप भेला तय गरेको जनाएको छ।

७७ जिल्ला मध्ये देउवा निकट ३५ र इतरका ४२ जना सभापति रहेका छन्। सुदूरपश्चिममा पौडेल, सिटौला समूहका जिल्ला सभापतिहरुको सङख्या तीन मात्रै छ। दार्चुलाका सभापति ललित सिंह बोहोरा, देउवाको गृह जिल्ला डडेल्धुराका सभापति कर्ण बहादुर र बैतडीका सभापति नरेन्द्र थापा असन्तुष्ट कांग्रेस जिल्ला समापति भेलामा सहभागी हुनेछन्।

केन्द्रीय कार्यसमितिको पुस ११ को बैठकले महाधिवेशन कार्यतालिका सार्वजनिक, विभाग संख्या दोब्बर बनाउनेलगायत निर्णय बहुमतबाट गरेपछि पौडेल पक्ष विरोधमा छ। देउवाले अर्को वर्ष फागुन ७ देखि १० गतेसम्म १४ औं महाधिवशेन गर्ने, विभाग संख्या २८ बाट ४७ बनाउने तथा नेपाल तरुण दलको समयावधि ६ महिना थप गर्ने निर्णय बहुमतका आधारमा लिएका थिए।

के हो असन्तुष्टि ?
वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह, डा रामशरण महत लगायतको असन्तुष्टिबीच पनि केन्द्रीय समिति बैठक डाकेर सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको कार्यतालिका ल्याउनुका साथै विभाग गठन गरेपछि इतर पक्षको आक्रोश बढ्दो छ ।
केसी भन्छन्, ‘बहुमतका आधारमा पार्टीका विधानहरु निलम्बन गर्ने काम भएको, २८ वटा विभाग बढाएर ४८ वटा बनाउने काम भएको र १३ औं महाधिवेशनको कार्यसमितिलाई १४ औं महाधिवेशनले संवोधन गर्नुपर्ने परिस्थिति छ ।’
महासमितिको बैठकले गरेका निर्णयलाई बहुमतको आधारमा केन्द्रीय समितिले उल्टाएपछि यसअघि पनि जिल्ला सभापतिहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।
केन्द्रीय समिति आफैले गरेका निर्णयलाई दुई महिना टिकाउन नसकेर त्यही धारा निलम्बन गर्ने काम भएको भन्दै असन्तुष्टि चुलिएको छ । अधिवेशनलाई प्रभावित पार्ने काम भएको भन्दै चर्को असन्तुष्टि छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved