ओली बाहेक ७ कम्युनिष्ट नेताहरु एउटै मञ्चमा

नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटोका विषयमा विचार राख्ने

  • साउन ८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसका सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले आज काठमाडौंमा प्रवचन कार्यक्रम गर्दैछ।

कार्यक्रममा एमाले वरिष्ठ नेता माधव नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र नेकपा एमालेको माधव समुहबाट अष्टलक्ष्मी शाक्यले नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटोका विषयमा विचार राख्नेछन्।

कार्यक्रम दिउँसो साढे १२ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा हुने केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए। पुष्पलालको ४३ औं स्मृति दिवस हिजै देशभर विभिन्न कार्यक्रम गरि मनाइएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved