विप्लवको भेटघाट कायमै, राप्रपा अध्यक्ष थापासंग गरे बार्ता

  • साउन ८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

विप्लव र उनी नेतृत्वको नेकपाका नेतासँग छलफल भएको जानकारी दिँदै थापाले दुवै पक्षबीच समसामयिक विषयमा विचार विमर्श भएको बताएका छन्। छलफलमा राप्रपाका बुद्धिमान तामाङ, दिपक बोहरा,प्रदिप उदय, गोपाल पौड्याल लगायत अन्य नेताहरु पनि सहभागी थिए।

‘नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सो पार्टीका नेता तथा राप्रपाका नेताहरूबीच आज सौहार्दपूर्ण भेटघाट भयो। दुवै पक्षबीच समसामयिक विषयमा विचार विमर्श भयो। विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ।’, थापाले ट्विट गर्दै भनेका छन्।

विप्लवले सरकार परिवर्तनसँगै शीर्ष नेतासँगको भेटवार्तालाई तीव्रता दिएका छन्। उनले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए।

त्यसअघि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved