ठाकुर पक्ष सर्वोच्च अदालत गएकोप्रति उपेन्द्र यादवको पक्षले आपत्ति

  • साउन ९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं : निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएकोप्रति उपेन्द्र यादव पक्षले आपत्ति जनाएको छ।

ठाकुर पक्षले सर्वोच्चमा रिट दायर गरेपछि शनिबार बसेको यादव पक्षीय कार्यकारिणी समितिको बैठकले रिट गलत भएको ठहर गरेको हो। निर्वाचन आयोगमा पार्टीको विवादबारे बहस विचाराधीन रहेका बेला त्यसलाई प्रभावित हुने गरी रिट दायर गर्न नहुने निष्कर्ष बैठकले निकालेको कार्यकारिणी सदस्य रामसहाय यादवले बताए।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै उनले भने,‘निर्वाचन आयोग संवैधानिक निकाय हो, इजलास गठन भएपछि अदालत सरह नै मानिन्छ, विवादको निरुपण गर्ने प्रकृयामा रहेकै बेला रिट दायर गर्न नमिल्ने हाम्रो निष्कर्ष हो।’

उक्त विषयमा आफुहरुले कानुन व्यवसायीसँग पनि सल्लाह गरेको यादवले जानकारी दिए। निर्वाचन आयोगले निर्णय नै गरिनसकेको भन्दै उनले आदेश मात्र दिएकोले निर्णय नआउँदै त्यसविरुद्ध रिट दायर गर्न नमिल्ने तर्क गरे। बैठकमा संसदीय दलको बैठकले पारित गरेको दलको विधानको बारेमा पनि छलफल भएको छ।

उक्त विधान कार्यकारिणी सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ। विधान अगामी बैठकमा पुनः छलफल गरी पारित गरिने यादवले जानकारी दिए।

निर्वाचन आयोगले पार्टीको विवाद निरुपण गर्न पार्टी एकीकरण हुँदाको बखत हस्ताक्षर गर्ने ५१ सदस्यीय कार्यकारिणी सदस्यहरुलाई प्रमाणसहित साउन ११ गते उपस्थित हुन आदेश दिएको थियो। आयोगको उक्त आदेश विरुद्ध ठाकुर पक्षले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved