संघीयता खारेज गर्ने मुद्दामा रविन्द्र मिश्रलाई कमल थापाको समर्थन

  • साउन १२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयता खारेजीको एजेण्डामा जनमत बढ्दै गएको भन्दै खुशी व्यक्त गरेका छन्।

सोमबार विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता र खारेजी र धर्मविरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने अवधारणा अघि सारेपछि थापाले त्यसलाई ‘सकारात्मक’ भनेका छन्।

विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै जानु र ति विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता भएको उनको भनाई छ।

‘हामी सही बाटोमा छौँ, प्रमाणित हुँदैछ’ थापाले भनेका छन्। राप्रपाले संघीयताको खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाको माग गर्दै आएको छ।

यता, राष्ट्रिय जनमोर्चाले पनि संघीयता नेपालका लागि अभिषाप हुने भन्दै खारेज गर्नुपर्ने बताउँदै आएको छ। गणतन्त्र र धर्मनिरपेक्षताको रक्षामा भने जनमोर्चाले जोड दिएको छ।

विवेकशील साझा पार्टीका संयोजक मिश्रले पार्टीमा छलफलका लागि दस्तावेज पेस गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेका हुन्। मिश्रले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत भएको ठहरसहित खारेजीमा जानुपर्ने मत राखेका हुन्।

रवीन्द्र मिश्रको प्रस्ताव - संघीयता खारेज गरौँ, धर्मनिरपेक्षताबारे जनमत संग्रह गरौँ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved