भारतको यूपीमा बस र ट्रक ठोक्किँदा १८ जनाको मृत्यु

  • साउन १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । दक्षिण छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यमा निकै भयानक सडक दुर्घटना भएको छ।

दुर्घटनामा अहिलेसम्म १८ जनाले ज्यान गुमाइसकेका छन्। कयौं मानिस घाइते रहेका भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।

पछिल्लो दुर्घटना उत्तर प्रदेशको बाराबंकी क्षेत्रमा भएको हो। हरियाणाको पलवलबाट बिहारतर्फ जाँदै गरेको बसलाई मध्यरातमा ट्रकले ठक्कर दिएको थियो। बसमा १४० यात्री सवार रहेको खुलेको छ। घटनास्थलमै १८ जनाको ज्यान गएको हो।

यात्रीमध्ये अधिकांश हरियाणामा मजदुरी गर्ने बिहारका बासिन्दा थिए। बाराबंकीका एसपी यमुना प्रसादले प्राविधिक समस्या देखिएपछि रोकिएको बसलाई पछाडिबाट तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको बताएका छन्।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारार्थ बाराबंकी र लखनउस्थित ट्रमा सेन्टर लगिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved