कस्का दल बलले दलालहरुको दाउ बढ्यो बेसरी

  • साउन १८, २०७८
  • कालापानी मिडिया
alt

कस्का दल बलले दलालहरुको दाउ बढ्यो बेसरी ।
बण्डा भाग गरेर जन्मभूमिको, घाउ बढ्यो बेसरी ।।
कोही भन्छ मधेसी हू म बलियो, कोही हिमाली अरे ।
मेची काली मधेस हिम शिखरको दुरी बढ्यो बेसरी ।।
 
थुंगा फूल सयौं मिलेर बलियो, माला उनेको थियो ।
जाती वर्ण सबै मिलेर रहने, एउटै बगैंचा थियो ।।
माली नै परहोसको मद चढी, फीका भयो केसरी ।
बण्डा भाग गरेर जन्मभूमिको, घाउ बढ्यो बेसरी ।।
 
बाँझै छन् सब खेतबारी बनको, बुटी त्यसै नासियो ।
युवाको श्रम खाडीका बगरमा, बेभाउ नै बेचियो ।।
हाम्रा खानी खनिजको फगतमा, भाउ घट्यो बेसरी ।
कस्का दलबलले दलालहरुको, दाउ बढ्यो बेसरी ।।
 
सिता भृकुटीको अगाध ममता, सिद्धार्थको बुद्धता ।
शान्ति मैत्री र पञ्चशील नीतिले, सम्बन्धमा सुद्धता ।।
यो सारा फितलो गराई खबरी, डुल्दैछ नानाथरी ।
हाम्रो पौरखी तारतम्य बलियो, दुर्बल बन्यो के गरि ।।
 
दौरा औ सुरुवाल चोली र गुन्यू, हक्कु पटासीहरु ।
मारुनी सखि सोरठी र छलिया, ट्याम्का र झ्यालीहरु ।।
हाम्रा भेषभुषा र संस्कृति किन, घट्दै गए बेसरी ।
रोदीमा मिनि स्कर्टको गजबको, चाला चल्यो के गरी ।।
 
सिमा स्तम्भ सरे मुहान नदिका, खै के गरि फेरिए ।
मन्चै बाट फलाकिने अमनका, नारा पनि फेरिए ।।
पुर्खा पौरख बिरको रगतको, भाउ घट्यो के गरि ।
कस्का दल बलले दलालहरुको, दाउ बढ्यो बेसरी ।।
 
हाम्रै बर्कतले अवस्य पनि यो, चम्किन्छ सानो घर ।
हाम्रा कर्म सधैं फलीभुत बने, यो देश कै खाँतिर ।।
युवाको श्रम सीप कौसलहरु, ब्यर्थै नहोस् क्यै गरि ।
मेची काली मधेस हिम शिखरको नाता बढोस् बेसरी ।।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved