व्यक्तिको स्वामित्वमा जग्गा रहने व्यवस्था खारेज गरौं-गौतम

  • साउन २४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सुकुमबासी समस्या गर्न व्यक्तिगत स्वामित्वमा जग्गा रहने व्यवस्था अन्त्य गर्न माग गरेका छन्। उनले सबै जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्नुपर्ने समेत बताए।

राष्ट्रियसभाको बैठकमा बोल्दै उपाध्यक्ष गौतमले जमिनमा व्यक्तिगत स्वामित्व रहने व्यवस्था भएसम्म सुकुमबासी रहरहने भएकाले व्यक्तिगत स्वामित्वमा जग्गा रहने व्यवस्था अन्त्य गर्नुपर्ने बताए।

ुभुमि सुधार लागु गरौँ। अव्यवस्थित गरेर बसेको भूमिहीन र सुकुमबासीको समस्या समाधान गर्नुपर्छ‚’ उनले भने‚ ‘भूमिहीन सुकुमबासीको समस्या के होरु जमिनमा व्यक्तिगत स्वामित्व रहने व्यवस्था भएसम्म सुकुमबासी बन्ने प्रक्रिया सुरु हुन्छ। त्यसैले त्यो अन्त्य गरौँ।ु

गौतमले घरबारविहीन २० लाखलाई दिने जग्गा नभएको दाबी गरे। ुहामीले जहिले जसरी पनि जमिन नै दिनुपर्छ भनेको छौँ‚’ उनले भने‚ ‘२० लाख घरबारविहीन भएकाहरुलाई जमिन दिने जग्गा छैन।’ जमिन बाँडेर सुकुमबासी र भूमिहीन समस्या समाधान नहुने उनको भनाइ छ।

‘जमिनमाथि व्यक्तिको स्वामित्व कायम भएसम्म यस्तो अवस्था भइरहन्छ‚’ उपाध्यक्ष गौतमले भने‚ ‘सरकारले सबै जमिन किनेर सरकारले आफ्नो बनाओस्। सरकारले अधिग्रहण गर्न सक्छ। सम्पत्ति मौलिक अधिकार भएकाले विकल्प दिनुपर्छ, जमिन व्यक्तिगत स्वामित्वमा ल्याएर उपयोगमा लागौँ।ु

अहिले भूमि आयोग विघठन भएको भन्दै आन्दोलन उठे पनि आयोगले केही नगर्ने गौतमले बताए। उनले भने‚ ‘२०५१ सालमा गठन गरेको आयोगले के कति काम गर्योरु’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved