एमालेका उपाध्यक्ष भीम रावल पार्टी जोगाउन सक्रिय

  • साउन २४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । पार्टीभित्रको विवाद समाधानका लागि नेकपा एमालेका उपाध्यक्ष भीम रावल सक्रिय भएका छन्।

नेता नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बोलाएको केन्द्रीय कमिटीको बैठक नडाक्न चेतावनी दिएको थियो। तर, उपाध्यक्ष रावलको सक्रियतापछि ओलीले आज बोलाएको केन्द्रीय कमिटीको बैठकलाई स्थगित गरेर भोलिको लागि बोलाएका छन्।

शनिबार दिउँसो उपाध्यक्ष रावलले अध्यक्ष ओलीसँग भेटेर बैठक रोक्न माग गरेका थिए। अध्यक्ष ओली भेटलगत्तै उपाध्यक्ष रावलले शनिवार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए।

उपाध्यक्ष रावल दसबुँदे सहमति कार्यान्वयन गरी एकताको बाटो पहिल्याउनुपर्ने अडानमा छन्। तर, बिहीबार र शुक्रबार बसेको नेपाल समूहको केन्द्रीय कमिटी बैठकले सम्मानजनक एकता हुनुपर्ने निष्कर्ष निकालेको थियो।

ओलीले आजको बैठक रोक्नु एकताका लागि सकारात्मक सन्देश भएको भन्दै विघटित कार्यदलका सदस्यहरू अनौपचारिक छलफलमा जुटिरहेका एक नेताले बताए।

ुहामी विभिन्न कोणबाट छलफल गरिरहेका छौँ। ओली र नेपालको भेटवार्ताबिना एकता सम्भव छैन। त्यसका लागि वातावरण बनाउने पहल गरिरहेका छौँ, ती नेताले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved