‘गोयललाई बालुवाटार छिराउने नेतालाई राष्ट्रवादी कसरी भन्ने ?

  • साउन २६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले भारतीय गुप्तचर प्रमुख समन्तकुमार गोयललाई बालुवाटार छिराउने मानिसलाई राष्ट्रवादी भन्न नसकिने बताएका छन्‌।

राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद रायमाझीले प्रश्न गरे, ‘सामन्त गोयललाई बालुवाटारमा कस्ले छिराएकोरु यस्ता नेतालाई राजनेता र राष्ट्रवादी भन्न मिल्छ?’

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चुच्चे नक्सा लुकाएको आरोप पनि उनले लगाए। ओली नेतृत्वको सरकार संविधान मिच्दै बाहिर गएकाले कांग्रेस नेतृत्वमा सरकार बनेको उनको भनाइ छ।

पाँच दलीय गठबन्धनको सरकारले जनताको पक्षमा काम गर्ने जिकिर उनले गरे। उनले थपे, ‘कोरोनाको खोप ल्याएर जनताको सुरक्षा गर्छ। त्यसैले विपक्षी दलले सरकारको चिन्ता गर्नुपर्दैन।’

कोरोना महामारी अर्बौं रुपैयाँ भ्रष्टाचारबारे छानबिन गर्ने संसदीय समिति बनाउन पनि उनले माग गरेका छन्।

सांसद रायमाझीले भने, ‘कोरोनाको महामारीमा स्वास्थ्य सामाग्री खरिद गर्दा अर्बौं रुपैयाँ भ्रष्टचार भएको छ, त्यसमा संलग्नहरूमाथि कारबाही गर्न संसदीय समिति बनाउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved