अफगानिस्तानका नेपालीको पूर्ण सुरक्षाको व्यवस्था होस- राप्रपा

  • साउन ३१, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष त्रय कमल थापा, डा.प्रकाश चन्द्र लोहनी र पशुपति शमशेर राणाले अफगानिस्तानमा सुरक्षा संकट खेपेका १४ हजारभन्दा बढी नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारसँग आग्रह गरेका छन्‌। यो कार्यमा आलटाल नगर्न र उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न पनि उनिहरुले सरकारलाई सुझाएका छन्‌।

अफगानिस्तानको राजधानी काबुलबाहेक प्रमुख शहर तालिबान विद्रोहीले कब्जामा लिएको कुरा अध्यक्षत्रयबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘तालिवानी विद्रोहीहरूको आक्रमण बढ्दै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढ्दै गएको छ। यस अवस्थामा त्यहाँ रहेका नेपालीहरूको सुरक्षाबारे राप्रपा चिन्तित रहेको छ। त्यसर्थ, अफगानिस्तानमा रहेका नेपालीहरूलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरूको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ।’

राप्रपाले तत्कालीन नेपाल सरकार र ब्रिटिश सरकारबीच भएको सम्झौता अनुरूप बेलायती सेनामा रहेर नेपाली नागरिकहरूले काम गर्न थालेको २०० वर्ष नाघिसकेको र बेलायती सेनामा काम गर्ने नेपालीहरूमाथि कायम रहेको भेदभाव तथा असमानता पूर्णरूपमा अन्त्य हुन नसकेकोप्रति समेत ध्यानाकर्षण गराएको छ।

ब्रिटिश गोर्खाका भूतपूर्व सैनिकहरूको हाल जारी संघर्षप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूका माग पूरा गर्न बेलायती सरकारसँग राप्रपाले आग्रह गरेको छ। सबै मागहरू पूरा गराउन सशक्त कुटनीतिक प्रयास निम्ति राप्रपाले सरकारको ध्यानाकर्षणसमेत गराएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved