राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी- कमल थापा

  • साउन ३२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आफ्नो तर्फबाट अझै सम्मान बढेको बताएका छन् । तालीवानी लडाकुहरुले अफगानीस्तान कब्जा गरेपछि अफगानी राष्ट्रपति अशरफ घानीले देश छाडेर भाग्दा नेपालमा २०६३ को जनआन्दोलनबाट पूर्वराजा शाहले सत्ता हस्तान्तरण गरेर देशभित्रै रहेर देश र जनताको सेवामा समर्पित भएकोमा अध्यक्ष थापाले आफ्नो तर्फबाट पूर्वराजा शाहप्रति अझै सम्मान बढेको बताएका हुन् ।
अफगानीस्तानमा तालीवानी लडाकुहरुले २० वर्ष लामो संघर्षपछि देश पूरै कब्जा गरेका छन् । आइतबार मात्रै राजधानी काबुल पनि लडाकुहरुले कब्जा गरेपछि राष्ट्रपति घानी देश छाडेर भागेका छन् । अमेरिकी सेनाले अफगानीस्तान छाडेर गएपछि तालीवानी लडाकुहरुले देश कब्जा गर्न सफल भएका हुन् ।

सोही विषयलाई लिएर अध्यक्ष थापाले त्यस्तो कुरा उल्लेख गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्रप्रति मेरो सम्मान अझै बढेको छ । २०६३ पछि देशभित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ । राजा र राष्ट्रपतिबीचको फरक पनि यही हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved