एक व्यक्ति सङ्क्रमित भेटिएपछि तीन दिन लकडाउन

  • भदौ २, २०७८
  • कालापानी मिडिया
alt

विलिङटन । न्यूजिल्याण्डमा एक जना नागरिकमा कोरोना संक्रमण देखिएपछि यहाँको सरकारले तीन दिनका लागि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ । न्यूजिल्याण्डले कोभिड–१९ सङ्क्रमण बिस्तार नहोस भनी तीन दिन देशव्यापी लकडाउन गरेको छ भने कोरोना संक्रमित भेटिएको अकल्याण्ड सहरमा एक हप्ता लकडाउन हुने घोषणा गरिएको छ । मुलुकको अन्य स्थानमा तीन दिनपछि लकडाउन हट्नेछ ।

न्यूजिल्याण्डका अधिकारीहरूले अहिले भेटिएको कोरोना संक्रमण डेल्टा भेरियन्टको हो कि भनेर सुरक्षा सतर्कता बढाइएको बताएका छन् । अहिले न्यूजिल्याण्डका करिब २० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।

न्यूजिल्याण्डमा भेटिएका कोरोना संक्रमितले भ्रमण गरेको मान्डेल सहरमा पनि एक साताको लकडाउन गरिएको छ । प्रधानमन्त्री ज्यासिन्डा अर्डनले लकडाउन अवधिमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने बताए ।

न्यूजिल्याण्ड कोरोना संक्रमणलाई नियन्त्रणमा सफल भएको मुलुक हो । यहाँ पछिल्लो छ महिना एता एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको थिएन । एएफपी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved