नेपालमा राजतन्त्र पुनस्स्थापना हुन्छ माधव-नेपाल

  • भदौ २, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब नेपालमा राजतन्त्र पुनस्स्थापना हुने बताएका छन् । अध्यक्ष केपी ओलीका कारण राजावादी शक्ति उत्साहित बनेको भन्दै राजतन्त्रको पुनस्र्थापना हुने खतरा बढेको उनले बताएका हुन्।

‘उहाँका कारण आज एमाले गणतन्त्रविरोधी हो कि भन्ने प्रश्नचिन्हमा उभिएको छ,’ उनले भने, ‘राजावादी शक्ति उत्साहित बनेका छन् । राजतन्त्रको पुनस्र्थापना हुने खतरा बढेको छ । प्रतिगमनकारी शक्ति, धर्मनिरपेक्षताविरोध शक्ति सल्बलाउन थालेका छन् ।’

नेपालले थपे, ‘उहाँको नजिकका व्यक्तिहरुबाट संघीयताविरोधी आवाजहरु उठिरहेका छन् । संघीयता नै धराशयी हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ । जनताले पाएका अधिकार गुम्ने चिन्ता छाएको छ । विभिन्न जातजातिहरू चिन्तित बनेका छन् ।’

उनले ओलीकै नजिकका मान्छेबाट संघीयताविरोधी आवाजहरू उठ्न थालेको भन्दै असन्तुष्टी जनाए । जनसंगठनका नेतारकार्यकर्तासँग माधवकुमार नेपालको भर्चुअल संवादमा बोल्दै नेता नेपालले ओलीको तीव्र आलोचना गरेका थिए । उनले ओलीले पार्टीको दुर्दशा बनाएको भन्दै यसलाई माथि उठाउन अब लामो समय लाग्ने टिप्पणी गरे ।

नेपालले भने, ‘उहाँले एकपछि अर्को आफ्ना सहयोद्धालाई छोड्दै जानुभएको छ । साथ दिनेहरूसँग टाढिँदै जानुभएको छ । आज उहाँले पार्टीलाई जुन दुर्दशामा पुरयाउनु भएको छ, त्यसको क्षतिपूर्ति गर्न लामो समय लाग्छ ।’

ओलीले देशभक्तिको झण्डा फालेको र लोकतन्त्रको मूल्यमान्यता त्यागेको आरोप पनि लागाए ।
अन्नपुर्ण टाइम्स

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved